neapl investment mega bank
  • गृहपृष्ठ
  • हामी नेपालको पहिलो साधारण सभा भक्तपुरमा सम्पन्न ,समर्थकहरुलाई धन्यवाद दिँदै लन्च भयो हामी नेपालको वेब–साइट

हामी नेपालको पहिलो साधारण सभा भक्तपुरमा सम्पन्न ,समर्थकहरुलाई धन्यवाद दिँदै लन्च भयो हामी नेपालको वेब–साइट

Dec 21st, 2021

भक्तपुर, पुस ६
युवा नेतृत्वमा रहेको गैर नाफामूलक संस्थाहामी नेपालले भक्तपुरको होटल भादगाउँमा आफ्नो पहिलो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । सन् २०१५ मा स्थापना भएदेखि नै सामाजिक कार्यहरुमा सहयोग गर्दै आएका आफ्ना स्वयंसेवक तथा शुभचिन्तकहरूलाई सम्मान गर्ने साधारण सभाको मुख्य उद्धेश्य थियो ।

सभामा, समस्यामा परेकाहरुलाई निःस्वार्थ रूपमा सेवा गर्ने संस्थालाई निरन्तर सहयोग गर्दै आएका बार्बरा फाउण्डेशनका अध्यक्ष डा. सन्दुक रुइत, इन्फिनिटी होल्डिंग्सका अध्यक्ष दीपक भट्ट तथा निर्देशक उपेन्द्र हिरावत, शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल तथा प्रबन्ध निर्देशक साहिल अग्रवाल, लगायत अतिथिहरुलाई हामी नेपालले सम्मान गरेको थियो । संस्थाले दान गरिएको रकम र संस्थाको सबै खर्चलाई पारदर्शी बनाउने उद्देश्यले आफ्नो वेबसाइट पनि शुरु गरेको छ ।

कार्यक्रमको बारेमा बोल्दै संस्थाकाअध्यक्ष सुदन गुरुङले भने, “हाम्रो भिजनलाई सफल बनाउन असीमित सहयोग र माया दिनुहुने विश्वभरका सम्पूर्ण दाता र स्वयंसेवकहरू प्रति हाम्रो सम्पूर्ण हामी नेपालको टिम धेरै–धेरै आभारी छ । हामी अगाडि बढ्न र केही गर्न चाहने युवाको जोश र सपनालाई विश्वास गछौं र उनीहरुको लागि एक प्ल्याटफर्म बन्न चाहन्छौँ । हाम्रो संस्थाको उद्देश्य भनेको अरुको बारेमा सोच्ने र एक–अर्कासँग हातेमालो गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउनु हो र हामी यस्तो परिवर्तन गर्न चाहन्छौँ जुनपहिले भन्दा धेरै आवश्यक छ । हाम्रो संस्थाले कोही नभएकाहरूको लागि आवाज दिन्छ ।”

थप बोल्दै उनले भने, “हामी विश्वास गर्छौं कि वेबसाइटको लन्च सँगै हाम्रो संस्था थप विश्वशनीय हुनेछ र यसले सबै दाताहरूलाई उहाँँहरुको सहयोग रकमको हिसाब–किताब राख्न सजिलो हुनेछ । साथै यसले सहयोगी दाताहरु र सहयोग चाहिनेहरुलाई सजिलै सिधै जोडिन पनि सहयोग गर्नेछ । यसबाहेक, यो वेब साइटमा दाताहरूले विगतमा भएका र वर्तमानमा चलिरहेका परियोजनाहरूको बारेमा पनि जानकारी लिन सक्नेछन । यो वेबसाइट मार्फत सहयोग दाताहरुले कुनै विशेष कारणको लागि अथवा संस्थाको प्रशासनिक लागतको लागि भनेर आँफैले छुट्ट्याएर सहयोग गर्न सक्नेछन र उनीहरुले जुन शीर्षकमा सहयोग उपलब्ध गराउनु भएको हा,े त्यही शीर्षकमा मात्र खर्च हुनेछ । यस्तो व्यवस्था नेपालमै पहिलो पल्ट हो । यसमा हामी नेपालद्वारा सञ्चालित सामाजिक सुधारका गतिविधिहरूमा सक्रिय रूपमा सहभागी हुन इच्छुक स्वयंसेवकहरू पनि जोडिन सक्नेछन ।” हामी नेपाल ‘जनताद्वारा जनताका लागि’ भन्ने भनाइलाई व्यवहारमा उतार्ने संस्था हो, उनले भने ।