neapl investment mega bank
  • गृहपृष्ठ
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Dec 21st, 2021

काठमाडौ ६ पुस
आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन तोलामा ८ सय रुपैयाँले सस्तिएको हो ।

आज छापावाल सुनको मूल्य ९३ हजार कायम भएको छ । हिजो ९३ हजार ८ सय रुपैयाँ तोला कारोबार भएकोमा आज घटेको हो ।

यस्तै, आज यता तेजाबी सुनको मूल्य पनि ८ सय रुपैयाँले नै सस्तिँदै ९२ हजार ५ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले सस्तिँदै एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।