neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मन्त्री आलेद्वारा न्यानो लुगा वितरण

Dec 21st, 2021

डोटी, ६ पुस /रासस

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जिल्लाको जोरायल गाउँपालिका–१, २, ३ र ४ का एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गर्नुभएको छ । चिसोबाट जोगाउनका लागि उक्त गाउँपालिकामा रहेका ७५६ जनालाई लुगा वितरण गरिएको उहाँका स्वकीयसचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

मन्त्री आलेले आफ्नै लगानीमा चिसोका समयमा लुगा बितरण गरेपछि यहाँका नागरिकहरु खुशी भएको वडा नं –२ का वडाअध्यक्ष मानबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसो समय छ, यहाँका एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई मन्त्री आलेले न्यानो लुगा वितरण गर्नु भएपछि निकै राहत भएको छ, हामी खुशी भएका छौँ ।” जिल्लाका अन्य व्यक्तिलाई पनि न्यानो लुगा वितरण गर्ने कार्यक्रम रहेको मन्त्री आलेको सचिवालयले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi