आधारभूमि संवाददाता
काठमाडौ ५ पुस
नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट एमसीसी विशुद्ध आर्थिक सहयोगको विषय बन्नुपर्नेमा जोड दिएका छन् । उनले एमसिसिले सैन्य गठबन्धन समावेश गर्ने कुरा स्वीकार्न नसकिने समेत स्पष्ट पारेका छन् ।
सोमबार काठमाडौँमा समाजवादी प्रेस संगठनले गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी आर्थिक सहयोगको मात्र विषय बन्नुपर्नेवताएका हुन् । एमसीसीबारे सत्तारुढ गठबन्धनमा साझा धारणा बनाउने प्रयास भइरहेको उनले जानकारी दिए ।
नेकपा एमाले अध्यक्ष के पि ओलीको प्रसंगमा उनले ओलीप्रति कटाक्ष गर्दै उनलाई गफाडीको संज्ञा दिएका छन् । केपी ओलीले अहिले बहुमत ल्याउँछु भनेर कुर्लिरहेपनि त्यसको कुनै अर्थ नरहेको जिकीर गरे । केपी ओलीलाई गफमा उनलाई कसैले नसक्ने वताउदै नेपालले ओलीलाई अरुलाई अपमान, तेजोबोध, र पीडा मात्रै दिने गरेको समेत आरोप लगाए ।