neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

टोटेनहमसँग बराबरीमा रोकियो लिभरपुल

Dec 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, पुष ५
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल टोटेनहमसँग बराबरीमा रोकिएको छ ।आइतबार राति टोटेनहमको घरेलु मैदानमा भएको खेलमा लिभरपुल र टोटेनहमले २–२ गोलको बराबरी खेल्दै अंक बाँढेका हुन्।

टोटेनहमको घरेलु मैदानमा लिभरपुलको लागि डिएगो जोटा र एन्ड्रयू रोबर्टसनले एक-एक गोल गरे भने टोटेनहमको लागि ह्यारी केन र सन ह्युङ मिनले एक-एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता टोटेनहमले लिएको थियो । खेलको १३औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए।

खेलको ३५ औं मिनेटमा लिभरपुलका डिएगो जोटाले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ६९ औं मिनेटमा एन्ड्रयू रोबर्टसनले गोल गर्दै लिभरपुललाई २-१ ले अघि बढाए।

तर, खेलको ७४ औं मिनेटमा टोटेनहमका सन ह्युङ मिनले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

खेलको ७७ औं मिनेटमा लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।लिभरपुलका एन्ड्रयू रोबर्टसनले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा टोटेनहमले उठाउन सकेन ।

बराबरीसँगै लिभरपुलको १८ खेलबाट ४१ अंक छ र तालिकाको दोस्रो स्थानमा छ। टोटेनहमको १५ खेलबाट २६ अंक छ र सातौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi