आधारभूमि संवाददाता
काठमाडौं, पुष ४
इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई २-० गोलले पराजित गरेको हो ।
बोलोग्नाको घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन अल्भारो मोराटा र जुआन कुएड्राडोले एक-एक गोल गरे ।
खेलको छैटौं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि दोस्रो हाफको ६९ औँ मिनेटमा जुआन कुएड्राडोले गोल गरेपछि युभेन्ट्सले जित निकालेको हो ।
जितसँगै युभेन्ट्सले १८ खेलबाट ३१ अंक जोडेको छ र छैटौं उक्लिएको छ । पराजित बोलोग्नाको १८ खेलबाट २४ अंक छ र १० औँ स्थानमा छ ।