neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एट्लेटिको म्याड्रिडमाथि सेभिल्लाको जित

एट्लेटिको म्याड्रिडमाथि सेभिल्लाको जित

Dec 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, पुष ४

स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले जित निकालेको छ । शनिबार राति भएको खेलमा सेभिल्लाले एट्लेटिको म्याड्रिडलाई २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा सेभिल्लालाई जित दिलाउन इवान राकिटिक र लुकास ओकाम्पोसले एक-एक गोल गरे ।एट्लेटिको म्याड्रिडका फेलिपले एक गोल गरे ।

खेलको सातौं मिनेटमा इवान राकिटिकले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

खेलको ३३ औँ मिनेटमा एट्लेटिको म्याड्रिडका फेलिपले गोल गर्दे खेल बराबरीमा फर्काए ।

तर, खेलको ८८ औँ मिनेटमा लुकास ओकाम्पोसले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसंगै सेभिल्लाले १७ खेलबाट ३७ अंक जोडेको छ र दोस्रो स्थानमा छ ।पराजित एट्लेटिको म्याड्रिडको १७ खेलबाट २९ अंक छ र पाँचौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi