काठमाडौ, पुुस ३
नेपाल बैंकको ६२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैकले पुस दुई गते शुुक्रबार बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भर्चुअलमार्फत आयोजना गरिएको बैंकको वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष सुमन राज अर्यालको सभापतित्वमा सम्पन्न भएको हो । सो अवसरमा बैंकको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भएको बैंकले जानकारी दिएको छ ।
सभाले हालको चुक्ता १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजारा छ सय २४ रुपैयाँको तीन प्रतिसतका दरले हुन आउने ३७ करोड ९१ लाख दुई हजार सात सय ५८ रुपैंया नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १४ प्रतिशतका दरले हुन आउने एक अर्ब ७६ करोड ९१ लाख ४६ हजार दुई सय सात रुपैंया रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । साथै, बोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी १४्र अर्ब ४० करोड ५९ लाख चार हजार आठ सय ३१ रुपैंया कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्नेप्रस्ताव पारित गरेको छ ।
यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्ने लगायत साधारण सभामा पेश भएका अन्य प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।अन्तमा, सभाका सभापति तथासञ्चालक समितिका अध्यक्ष अर्यालले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारबाहीहरु सञ्चालन गर्ने विश्वास दिलाउँदै सम्पूर्ण शेयरधनी महानुभावहरु तथा सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरेकाछन ।