neapl investment mega bank
  • गृहपृष्ठ
  • सेञ्चुरी कमर्सियल बैंकद्धारा लाभांस वितरण

सेञ्चुरी कमर्सियल बैंकद्धारा लाभांस वितरण

Dec 17th, 2021

काठमाडौ, पुस २
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट छ दसमलव पाँच प्रतिशत लाभांस वितरण गर्ने भएको छ । आज शुक्रबार बसेको बैंक सञ्चालक समितिको तीन सय ५२औं बैठकले चुक्ता पूँजीको छ दसमलव पााँच प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव पास गरेको छ ।

बैंकको २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी नौ अर्व तीन करोड ४४ लाख २९ हजार पाँच सय दुई रुपैयाँ ५० पैसा मध्येबाट पाँच दसमलव ७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख ७९ हजार छ सय ९६ रुपैयाँ ३९ बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको शुन्य दसमलवज ३० प्रतिशतले हुन आउने रकम दुई करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ ६५ पैसा बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी ११ औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ ।