neapl investment mega bank

डर्टमन्डको जितमा हालाण्डको दुई गोल

Dec 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, पुष १
जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमन्डले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा डर्टमन्डले फर्थलाई ३-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा डर्टमन्डलाई जित दिलाउन एर्लिंग हालाण्डले दुई गोल गरे भने डोनिएल मालेनले एक गोल गरे ।

खेलको ३३ औँ मिनेटमा हालाण्डले पेनाल्टीमा गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ८२ औँ मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

त्यसपछि खेलको ८९ औं मिनेटमा डोनिएल मालेनले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

जितसंगै डर्टमन्डले १६ खेलबाट ३४ अंक जोडेको छ र दोस्रो स्थानमा छ ।पराजित फर्थको १६ खेलबाट चार अंक छ र पुछारमा छ ।