neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्र बैकले भन्यो, मुलुकको निर्यात व्यापारमा सुधार

राष्ट्र बैकले भन्यो, मुलुकको निर्यात व्यापारमा सुधार

Dec 15th, 2021

काठमाडौ, मंसिर २९
मुलुकको निर्यात व्यापारमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैकले आज बुधबार देशको बतर्मान आर्थिक तथा बित्तीय स्थिती सम्वन्धी चालुु आर्थिक बर्षको चार महिनाको प्रतिवेदन सार्वजनिक गर्दे निर्यात व्यापारमा सुधार देखिएको जानकारी दिएको छ ।

प्रतिवेदन अनुसार मुलुकको वस्तु निर्यात एक सय चार दसमलव तीन प्रतिशतले बढेर ८२ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० दसमलव आठ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय ४० दसमलव दुई प्रतिशत, सात दसमलव तीन प्रतिशत र २३ दसमलव पाँच प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, तार, जस्तापाता, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आवको पछिल्लो चार महिनामा कुल वस्तु आयात ६१ दसमलव छ प्रतिशतले बढेर छ खर्ब ५० अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १० दसमलव छ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४६ दसमलव एक प्रतिशत, ५६ दसमलव नौ प्रतिशत र एक सय १७ दसमलव दुई प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैकका अनुसार वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm कन्चनपुर, कृष्णनगर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयात वृद्धि भएको छ ।

राष्ट्र बैकका अनुसार आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु व्यापार घाटा ५६ दसमलव आठ प्रतिशतले बढेर पाँच खर्ब ६८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२ दसमलव पाँच प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात आयात अनुपात १२ दसमलव छ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी ७१ अर्ब ४० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४४ अर्ब २६ करोड बराबरको भएको थियो ।