आधारभूमि संवाददाता
काठमाडौं २९ मंसिर
चार जिल्लामा हाल कोरोनाको संक्रमण शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मनाङ, डोल्पा, हुम्ला र बाजुरा जिल्लामा संक्रमण संंख्या शून्यमा झरेको हो ।
यसैगरी ५ बटा जिल्लामा संक्रमण ५ सय भन्दा कम छ । मन्त्रालयका अनुसार २ सयदेखि ४९९ सक्रिय संक्रमित हुने जिल्लाहरु सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलालीमा हुन् ।
त्यस्तै ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला भने दुई वटा मात्र छन् । काठमाडौं र ललितपुरमा ५ सयभन्दा बढी संख्यामा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।