neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंक अफ काठमाण्डूको २७ औं वार्षिक साधारण सभा सम्पन्न

बैंक अफ काठमाण्डूको २७ औं वार्षिक साधारण सभा सम्पन्न

Dec 15th, 2021

काठमाडौ, मंसिर २९
बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले श्री नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ । सभाले २०७७/७८ सम्मको संचित मुनाफाबाट २०७८ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको चार प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।