neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

Dec 15th, 2021

काठमाडौ, मंसिर २९
नेपाल कै पहिलो र एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आज बुधबार आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष समेत रहनु भएका अनुज अग्रवालले गरेका हुुन ।

सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु केदारनाथ शर्मा, चन्द्र प्रसाद ढकाल, लालमणि जोशी र शंकर प्रसाद अधिकारीको उपस्थिती रहेको थियो । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत बैंकका उच्चतहका अधिकृतहरुको समेत उपस्थिती रहेको थियो । कोभिड–१९ को कारण उत्पन्न स्वास्थ्य जोखिमबाट जोगिन/जोगाउनआफ्ना शेयरधनीहरु अनलाईन माध्ययमबाट समेत सहभागी हुन सक्ने गरी सभाको कार्यक्रम तय गरिएको थियो भने सभामा प्रत्यक्षरुपमा उपस्थित हुने शेयरधनीहरुलाई समेत स्वास्थ्य सम्बन्धी मापदण्डहरु पुर्ण पालना हुने व्यवस्था मिलाईएको थियो ।

आर्थिक बर्ष २०७७/७८ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको उक्त सभाले आ.व. २०७७/७८ को वित्तीय विवरण अनुसार आर्थिक वर्षको अन्त्यसम्मको संचित मुनाफा मध्ये वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी २० अर्बको आठ प्रतिशत बोनस शेयर प्रदान गर्ने र सो को कर प्रयोजनको लागि शुन्य दशमलव ४२ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

त्यस्तै, सर्बसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना संचालकहरुको निर्वाचन गर्ने कार्यक्रम रहेको उक्त सभाबाट सुमन पोखरेल र लिमा अधिकारी आचार्य संचालक समितिमा निर्विरोध निर्वाचित भएकाछन ।