काठमाडौं, मंसिर २९
नेपाल क्रेडिट एण्ड कमर्स बैंकmले स्थपनाको २५ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाएको छ । २८ असोज २०७८ मा २५ औं वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न नौ वटा शाखा कार्यालहरुमा रक्तदान कार्यक्रम राखेको थियो । यस्तो कार्यक्रमबाट पाँच सय ७१ पोइन्ट रगत संकलन भएको छ ।
मंगलवार बैंकले वार्षिकोत्सवको अवसरमा शुभकामना आदन–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सन १९९६ अक्टोबर १४ मा भैरहवाको सिद्धार्थनगरमा कार्यालय खोली स्थापना भएको यो बैंकले विभिन्न आरोह अवरोह पार गर्दै २५ औं वर्ष पार गरेको छ । २५ औं वार्षिकोत्सवका अवसरमा राखिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेशराज अर्यालले बैंकिङ बजारमा बैंकको उपस्थिती थप बलियो बनाउदै लैजाने गरी काम गरिरहेको बताएकाछन ।
उनले बैंकमा रहेको निक्षेप जनताको लगानी भएको भन्दै यसको सुरक्षा गर्न बैंकको प्राथमिक दायित्व भएको बताए । कर्मचारीलाई सम्बोधन गर्दै सिईओ अर्यालले इमान्दारिताताको साथ काम गर्नको लागि आग्रह गरे । आफू पनि तल्लो पदबाट सिईओसम्म बन्न सफल भएको भन्दै अन्य कर्मचारीलाई पनि मुख्य भूमिकामा आउने गरी काम गर्नको लागि आग्रह गरे ।
समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंक एक सवल तथा सक्षम संस्थाकोरुपमा काम गर्दै गएको र सेवालाई नै प्राथमिक उद्देश्यकोरुपमा लिनुर्पने बताए । साथै यस कम्पनीका संचालक इमान सिंह लामा र सुमन कुमारी जोशीले शुभकामना व्यक्त गरे । बैंकले २५ वर्षदेखि निरन्तर काम गर्ने ५ कर्मचारीलाई सम्मान गरेको छ । जसमा अमिता श्रेष्ठ, जुली श्रेष्ठ, सरिना पाण्डे, मंगलबहादुर बलामी र राजमान डंगोल रहेकाछन ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिककामाझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रियरुपमा सहभागी हुदै आएको छ ।