आधारभूमि संवाददाता
काठमाडौ २९ मंसिर
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्थिरताका सम्वाहक भएको आरोप लागाएका छन् । उनले नेपाल र पचण्ड अहिले नियन्त्रित अस्थिरता मच्चाउन सकृय रहेको समेत दावी गरे ।
बुधबार पार्टी केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् । उनले भने अस्थिरता मच्चाउने शक्तिमा सबैभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी छन ,सबैभन्दा बढी अस्थिरताका संवाहक तत्वहरु यिनीहरु नै हुन्, ।
उनले कसैले भ्रम राख्नु नपर्ने वताउँदै यस्ता अस्थिरताका शक्तिहरुसँग एकता गरेर कहीँ नपुगिने भएकाले उनीहरुसंग एकिकरण सम्भव नै नभएको ठोकुवा गरे ।