neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • भक्तपुरको चाँगुनारायण नगरपालिका अख्तियारको निगरानीमा

भक्तपुरको चाँगुनारायण नगरपालिका अख्तियारको निगरानीमा

Dec 15th, 2021

आधारभूमि संवाददाता

भक्तपुर २९ मंसिर

स्थानीय निकायका अनियमितताको बारेमा व्यापक उजुरी आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानमा तदारुकता देखाएको छ । पछिल्लो पटक आयोगले ले भक्तपुरको चाँगुनारायण नगरपालिकामा छापा मारी विभिन्न कागजात बरामद गरेको छ ।

अख्तियारमा धेरै उजुरी परेपछि चाँगुनारायणमा छापा मारी विभिन्न कागजात बरामद गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले वताएका छन् । उनका अनुसार अख्तियारको टोलीले विभिन्न विकासका गतिविधिसँग जोडिएका, ठूला परियोजना, राजस्व हिनामिना, आर्थिक प्रशासन र खरिद प्रक्रियासँग सम्बन्धित कागजातको प्रतिलिपि बरामद गरेको छ ।

खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै उजुरी परेपछि आयोगले चाँगुरारायणमा ऋषिराम भट्टराईको नेतृत्वमा टोली नै खटाएर छापा मारेको हो । उक्त पालिकाले खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi