neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • हेटौँडामा टिपरको ठक्करबाट एकको मृत्यु

हेटौँडामा टिपरको ठक्करबाट एकको मृत्यु

Dec 15th, 2021

मकवानपुर, २९ मङ्सिर /रासस

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ दामिटारमा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नंको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना४९प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्यको मृत्यु भएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार बागलुङको जैमिनीका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएका छन् । उनको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । थापाको अवस्था सामान्य छ । टिपर चालक फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi