आधारभूमि संवाददाता
काठमाडौ, मंसिर २९
जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।मंगलबार राति भएको खेलमा बायर्न म्युनिखले स्टटगार्टलाई ५-० गोलले पराजित गरेको हो ।
स्टटगार्टको घरेलु मैदानमा बायर्नलाई जित दिलाउन सर्ज जिनाब्रीले ह्याट्रिक गरे भने रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।
जिनाब्रीले खेलको ४०,५३ र ७४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । लेवान्डोस्कीले खेलको ६९ र ७२ औं मिनेटमा गोल गरे।
जितसँगै बायर्नले १६ खेलबाट ४० अंक जोडेको छ र शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ । पराजित बेस्टटगार्टको १६ खेलबाट १७ अंक छ र १५ औं स्थानमा छ ।