आधारभूमि संवाददाता
काठमाडौ २७ मंसिर
काठमाडौँ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पहिलो चरणको मतदानले सभापति चयन गर्न फेरि मतदान शुरू भएको छ । सोमबार भएको निर्वाचनमा सभापति उठेका प्रधानमन्त्री शेरबहादुर देउवा तथा चार बरिष्ठ नेता प्रकाशमान सिहं, विमलेन्द्र निधि र शेखर कोइराला कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि फेरि मतदान शुरू भएको हो ।
दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र डा.शेखर कोइरालाचि प्रतिस्पर्धा हुदै छ । सिहं र निधिले देउवादलाई सहयोग गर्ने सहमती भैसकेको छ । मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए ।
त्यस्तै सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।
दोस्रो चरणको चुनाव अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कुल ७६ मत बदर भएको थियो ।