काठमाडौ, मंसिर २८
सिद्घार्थ बैंक लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कडेल नियुक्त भएकाछन । यही मंसिर २७ गते बसेको बैंक संचालक समितिको ३८५ औं बैंठकले कडेललाई आगामी चारा वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । यसअघि बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरी बैंकको सेवाबाट अवकाश लिने निर्णय गरे पश्चात् कडेल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतकोरुपमा कार्यरत रहेका थिए ।
बैंकिङ्ग क्षेत्रको सेवामा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कडेलको तीन दशक भन्दा लामो कार्य अनुभव रहेको छ । व्यवस्थापनमा स्नातकोत्तर हासिल गर्नुभएका कडेल सिद्धार्थ बैंकमा विगत १६ वर्षदेखि विभिन्न उच्चव्यवस्थापकीय पदमा रहेर कार्य गरी विगत चार वर्षदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गर्दे आएका थिए । बैंक सञ्चालनमा विशेष दखल राख्ने कडेलले सिद्धार्थ बैंकमा सेवाप्रारम्भ गर्नु अगाडि नबिल बैंकमा समेत करिब १७ वर्षको कार्य अनुभव समेत संगालेकाछन । प्रमुख कार्यकारी अधिकृत कडेलको नियुक्तिबाट सिद्धार्थ बैंकलाई अझै उचाईमा लैजान मद्धत पुग्ने विश्वास बैंकले लिएको छ ।