neapl investment mega bank
  • गृहपृष्ठ
  • संसद अधिवेशनको पहिलो बैठक बस्दै, यी अध्यादेश पेश हुदैछन्

संसद अधिवेशनको पहिलो बैठक बस्दै, यी अध्यादेश पेश हुदैछन्

Dec 14th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, मंसिर २८

मङ्गलबारदेखि सुरु हुने सङ्घीय संसद्दशौँ अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै छ । बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) २०७८ अध्यादेश तथा सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो २ बजे बस्ने गरी संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्। संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेस गर्ने उल्लेख छ ।

बैठकमा बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गर्ने जनाइएको छ ।

साथै बैठकमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गर्नेछन् । संसद सचिवालयका अनुसार भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवले रेल्वे अधयादेश २०७८ पेस गर्ने, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।