neapl investment mega bank
  • गृहपृष्ठ
  • टिडीओ नेपालको “एसएमएस गरौं बाइक जितौं” कन्टेस्टको विजेताहरु घोषणा

टिडीओ नेपालको “एसएमएस गरौं बाइक जितौं” कन्टेस्टको विजेताहरु घोषणा

Dec 13th, 2021

काठमाडौ, मंसिर २७
टिडीओ नेपालले “एसएमएस गरौं बाइक जितौं” कन्टेस्टको विजेताहरु घोषणा गरेको छ । उक्त कम्पनीले यही मङ्सिर २३ गते काठमाडौंमा एक समारोह आयोजना गरी “एसएमएस गरौं बाइक जितौं” कन्टेस्टको विजेताहरुलाई पुरस्कार वितरण गरेको हो । टेलिनेट प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत नभंकुर सुदले बम्पर उपहार ‘बजाज पल्सर’ विजेता गंगा प्रसाद शाहु तेलीलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा बोल्दै नभन्कर सुदले भने “टिडीओ नेपालको एमहेल्थ जस्ता पहलहरुले हरेक दिन हाम्रो सेवाको प्रयोगकर्ताहरुमा वृद्धि ल्याइरहेको छ । टिडीओ नेपालको सबै स्वास्थ सम्बन्धित सेवाहरु ग्राहकहरुले आकर्षक मूल्यमा रोजेको भाषामार्फत आफ्नो घरबाट सजिलै उपयोग गर्न सक्नुहुन्छ । निरन्तर विस्तार भइरहेको यो सेवा स्वास्थ्य अनुगमनको महत्वको बारेमा चेतना फैलाउँदै आज नेपालभरी एनसेलको व्यापक कभरेजको मद्धतले धेरैभन्दा धेरै मानिसको पहुँचमा पुगेको छ ।”

उक्त कार्यक्रममा “एसएमएस गरौं बाइक जितौं” कन्टेस्टका अन्य मासिक, साप्ताहिक र दैनिक विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो । विजेताहरुको पूर्ण नामावली टिडीओ नेपालको वेबसाइटमा हेर्न सकिन्छ । महामारीको कारणले यो कार्यक्रमको आयोजना तीन महिना पछि सारिएको थियो ।

एसएमएस गरौं बाइक जितौं

एनसेलसँगको सहकार्यमा टिडीओ नेपालले २४ जेठ २०७८ मा स्वास्थ्य तथा कल्याण शिक्षा र सचेतनाको लागि एक विशेष प्रतियोगिता शुरु गरेको थियो । यस पहलले उपभोक्ताहरुलाई महामारीको समयमा के गर्ने र नगर्ने बारे जानकारी मात्र नदिइ घरमै बसेर स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहन पनि गरेको थियो । यस सेवाले महामारीमा नेपालभरका आफ्ना प्रयोगकर्ताहरुलाई २०,००० भन्दा बढी परामर्श सेवा प्रदान गरेको थियो ।

टिडीओ नेपालको बारेमा

टिडीओ नेपाल एक डिजिटल स्वास्थ्य सेवा हो जसले लाभदायी र उपयुक्त स्वास्थ्य, कल्याण र फिटनेस सामाग्री प्रदान गर्दै नेपालका डाक्टरहरुसँग असीमित परामर्श प्रदान गर्दछ । यो सेवा टिडीओ नेपालको वेबसाइटमा उपलब्ध छ । एनसेल प्रयोगकर्ताहरुले पनि १७१६६ मा टिडियो लेखि एसएमएस पठाएर यो सेवाको उपयोग गर्न सक्नेछन । टिडिओ नेपालको फेसबुकमा १,००,००० फलोअर्स रहेका छन् । ग्राहकहरुले एनसेल र नेपाल टेलिकमको प्रिपेड र पोस्टपेड बिलिङ प्रयोग गरेर यस सेवाको भुक्तानी गर्न सक्नेछन् । यसैगरी, यो सेवा खल्ती र ई–सेवा वालेटबाट पनि खरिद गर्न सकिन्छ ।

रमेश कर्पको स्थापित आइटी कम्पनी, टेलिनेट प्रा. लि., सँगको सहकार्यमा टिडीओ नेपालले नेपालको बजारमा उपस्थिति जनाएको थियो । रमेश कर्प विभिन्न उद्योगहरुको छाता संगठन हो जसले टेलिकम अपरेटर, एप्लिकेसन डेभलमपेन्ट, क्लाउड कम्प्युटिङ, एमहेल्थ, र एसएमएस तथा टेलि भोटिङ प्लेटफर्महरुमा काम गर्दछ । रमेश कर्प उत्पादन, उपकरण, बैकिङ तथा बीमा, खनन, जलविद्युत, सूचना प्रविधि, अटोमोबाइल, र उपभोक्ता इलेक्ट्रोनिक्स जस्ता धेरै क्षेत्रहरुमा विस्तारित कम्पनीहरुको समूह हो ।