काठमाडौ, मंसिर २६
नेपाल मुद्रा विप्रेषक संघको १६ औं वार्षिक साधारण सभा यहि मंसिर २४ गते नयाँ नेतृत्व चयन गर्दै होटल एलफ्ट ठमेल काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष सुमन पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाको सञ्चालन सचिव ईन्द्र प्रसाद शर्माले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष चन्द्र टण्डनले गरेका थिए । त्यसैगरी पूर्व अध्यक्ष दिवाकर थापाले उपस्थित सदस्यहरु तथा अन्य आगन्तुक अतिथीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
संघको कार्य प्रगती प्रतिवेदन प्रस्तुतगर्दे अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भि¥याउन सबैले सामुहिक प्रयत्न गनुपर्नेमा जोड दिए । आफ्नो कार्यकालमा आफु र आफ्नो कार्यसमितिलाइ पूर्णत सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दे अ्रध्यक्ष पोखरेलले सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी नयाँ नेर्तत्व चयन गरिएको बताए । संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे संघका महासचिव रितेश मित्तलले कोभिड १९ का कारण नकारात्मक हुने रेमिट्यान्स गत आर्थिक बर्षमा बृद्धि भएको तर यस आर्थिक वर्षमा भने शुरु देखिनै रेमिट्यान्स आप्रवाहमा आएको गिरावट प्रति चिन्ता ब्यक्त गर्नुभयो । संघका कोषाध्यक्ष सञ्जय सिग्देलले संघको वार्षिक आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
संघको सम्पन्न १६ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्वमा चन्द्र टण्डन (सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.) लाई अध्यक्षमाच यन गरेको छ । अध्यक्ष टण्डनको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट ईन्टरनेशनल प्रा.लि.), सञ्जय सिग्देल महासचिव (सूर्या रेमिट प्रा.लि.) ईन्द्र प्रसाद शर्मा कोषाध्यक्ष (आईपे रेमिट प्रा.लि.)तथा सचिवमादिपेन्द्र खनाल(इजीलिंक रेमिट्यान्स प्रा.लि.) चयन भएकाछन । यसैगरी सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनि ट्रान्सफर प्रा.लि.), दिवाकर पौडेल (जिएमई रेमिट प्रा.लि.), सञ्जिव पाठक (ए.टि.टि रेमिट प्रा.लि.), चयन भएकाछन । संघको बिधानत अध्यक्षबाट मनोनित हुने २ जना सदस्यहरुमा भने युमा श्रेष्ठ (हिमालयन बैंक लि.) र रामेश्वर सापकोटा (प्रभू मनि ट्रान्सफर प्रा.लि.) मनोनित भएकाछन ।
कार्यक्रमलाई सम्बोधन गर्दे नवनिर्वाचित अध्यक्ष टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगकोरुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागतहितको लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । अध्यक्ष टण्डनले आइएमई र आईएमई ग्ुपका अध्यक्ष चन्द्र प्रसाद ढकालको भूमिकालाई स्मरण गर्दे उनको अथक मिहिनेत र प्रयासबाट नै रेमिट्यान्स क्षेत्र यति ठूलो व्यबसायको क्षेत्र बनेको उल्लेख गरे । त्यस्तै प्रभू ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन लगायत यस क्षेत्रलाई योगदान पु¥याउने सम्पूर्ण अग्रजहरुको भूमिकालाई विशेष स्मरण गर्दे उनीहरुको योगदानको उच्चकदर गरे । सोही क्रममा उनले रेमिट्यान्स व्यबसायलाई अझ ब्यबस्थित र प्रविधिमैत्रि बनाउन आफू लागी पर्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।
नेपाल मुद्रा विप्रेषक संघले संघको १६ औं वार्षिक साधारण सभाको अवसर पारेर हालसम्म यस संघको पदाधिकारीमा रही काम गरेका पूर्व पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो ।