आधारभूमि संवाददाता
काठमाडौं, मंसिर २६
नेपाली कांग्रेसले १४ औ महाधिबेशनबाट १४ जना पदाधिकारी र १ सय ३४ जना केन्द्रिय सदस्य छनौट गर्दैछ । जसका लागि मनोनयन दर्ताको समय सकिएको छ भने भोलि ११ बजेसम्म यस्तो दाबी फिर्ता लिन सक्ने समय तय गरिएको छ ।
भोली ११ बजपछि निर्वाचन समितिले मतपत्र छाप्ने छ । २७ गते बिहान ८ बजेदेखि निर्वाचन सुरु गरेर बेलुका ८ बजेसम्ममा मतदान सक्ने निर्वाचन समितिको तयारी छ ।
जसमा ४७ सय ७० जना मतदाता रहनेछन् । एक जना मतदाताले २९ वटा ब्यालेट पेपरमा मत दिनुपर्छ । जसका लागि २० देखि १ घन्टा समय लाग्ने आकलन गरिएको छ ।
तीन स्थानमा मतदान गर्ने स्थान तय गरिएको छ । जसमध्ये राष्ट्रिय सभा गृहमा १३ सय भृकुटी मण्डपका दुई स्थानमा ३४ सयले मतदान गर्नेछन् ।
एकैपटकमा १ हजार मतदान गर्नका लागि प्रवेश गर्नेछन् । एक हजार प्रवेश गर्न मिल्ने भएपनि मतदान भने ५ सय जनाले गर्नेछन् । जसका लागि ४ सय वटा जति भोट खसाल्ने बाकस राख्ने निर्वाचन समितिले जनाएको छ।
मतदान सकिएपछि मतपत्र गणना क्रममा पनि एक मतपत्रका लागि करिब २० मिनेट लाग्ने आकलन गरिएको छ । यसरी मतदान गणना गर्दा निर्वाचन सकिएको ३ दिन भित्र पदाधिकारीको नतिजा निकाल्ने र सबैको परिमाण पुषको १० गतेसम्ममा सक्ने आकलन गरिएको छ ।
नेकपा एमालेको महाधिबेशनमा मतदान गर्न इलेक्ट्रिक भोटिङ मेसिन प्रयोग गरेपनि कंग्रेसले भने परम्परागत शैलि अर्थात ब्यालेट पेपरबाटै नयाँ नेर्तत्व चयन गर्दैछ ।