neapl investment mega bank
  • गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न

मुक्तिनाथ विकास बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न

Dec 11th, 2021

काठमाडौ, मंसिर २५
मुक्तिनाथ विकास बैंकले बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैैंकले मंसिर २५ गते अर्थात आज शनिवार पोखरामा आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभाले आर्थिक बर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ.व. ०७७÷०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १८ दसमलव ५० प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । उक्त लाभांस मध्ये १७ दसमल व ५७ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांस रहेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यश्री गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा मन्तव्य राखेका थिए । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेशिनबाट नगद झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्ड कल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।