आधारभूमि संवाददाता
काठमाडौ २५ मंसिर
नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी १४ औं महाधिवेशनमा २ बजेसम्म सभापति, उपसभापति, सहमहामन्त्री लगायत पदमा उम्मदवारी दर्ता भएका छन् ।
सभापतिमा कल्याण गुरूङ, उपसभापतिमा महेश आचार्य, सहमहामन्त्रीमा बद्री पाण्डे (पिछडिएको क्षेत्र) फरमुल्लाह मन्सुर (मुस्लिम), सुरेश चौधरी ( थारु) , मान बहादुर विश्वकर्माले दलितबाट उम्मेदवारी दर्ता गराएका हुन्।
यसैगरी १०० केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरिएको छ। क्न्द्रीय सदस्यमा १३४ जना निर्वाचित हुने व्यवस्था छ । हालसम्म उम्मेदवारहरू कुनै प्यानलमा नभइ आफैंले उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ भने ७देखि ९ बजेसम्ममा दाबी विरोध उपर निर्णय हुनेछ।
त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन गर्ने र भोलि विहान ११ बजेसम्म्म फिर्ता लिन सकिने छ।