neapl investment mega bank
  • गृहपृष्ठ
  • जावा मोटरसाइकलको डिलर दाङ्ग र धनगढीमा विस्तार

जावा मोटरसाइकलको डिलर दाङ्ग र धनगढीमा विस्तार

Dec 11th, 2021

काठमाडौ, मंसिर २५
नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लि. ले आफ्नो दुई नयाँ डिलरहरु तुल्सीपुर रोड, घोराही–१५, दाङ्गमा जे. बि. एस. अटोमोबाईल्स र धनगढीको बोराडन्डी आर्मी हस्पिटल सामुन्ने दिवा मोटर्स प्रा. लि. लाई संचालनमा ल्याएको छ । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, बाग्लुङ वीरगञ्ज र सुर्खेतका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि दाङ्ग र धनगढीमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित शोरूमहरु स्थापना गरिएको हो ।

जे. बि. एस. अटोमोबाईल्स र दिवा मोटर्स प्रा. लि. को संचालनसँगै आसपासका क्षेत्रका ग्राहकहरुले अब यी विशिष्ट शोरुमहरुबाट प्रशस्त गुणस्तरीय सेवा लिन सक्नुहुनेछ । अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको साथै नेपालमा पनि क्लासिक मोटरसाइकल प्रेमीहरुले निकै नै रुचाउनुभएको जावा मोटरसाइकलले सबैबाट सकारात्मक प्रतिक्रिया पाईरहेको छ । यसैबीच नेपालका विभिन्न स्थानहरुमा द्रुत गतिमा डिलरहरु स्थापना गर्ने क्रममा फेसनेबल र स्टाईलिस जावा मोटरसाइकलले संचालनमा ल्याएको यी दुई डिलरहरुबाट सम्पूर्ण सेवा पाईने पनि बताइएको छ ।

कम्पनीका अनुसार मोटरसाइकल प्रेमीहरूले अब जावा, जावाफोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’ गर्न पनि सक्नेछन ।

जावा मोटरसाइकलको बारेमा
जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो, जुन आफ्नो स्वर्णिम समयमा १२० भन्दा बढी देशहरूमा क्लासिक, राम्रोसँग ईन्जिनियरिङ गरिएको र भिन्न स्वरूपका मोटरसाइकल निर्यात गरिएको थियो । यो सन् १९६० को प्रारम्भिक दशकमा भारतीय बजारमा प्रवेश गरेको थियो । जावा मोटरसाइकलको दोहोरो विशेषताहरू – यसको सुन्दर डिजाइन र बलियो प्रदर्शन चरित्रले यसले प्रयोगकर्ताहरूको मन जित्नमात्र सफल नगरी विश्वका थुपै विश्व उपाधि पनि जितेको छ ।