neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अनैतिक प्रधानन्यायाधीश जबराको शिघ्र राजिनामा,बहिर्गमनको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन

अनैतिक प्रधानन्यायाधीश जबराको शिघ्र राजिनामा,बहिर्गमनको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन

Dec 10th, 2021

काठमाडौ, मंसिर २४
७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस–१० डिसेम्बरका दिन अर्थात आज शुक्रबार मानव अधिकार तथा शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा अनैतिक प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको शिघ्र राजिनामा÷बहिर्गमनको माग गर्दै काठमाण्डौमा धर्ना प्रदर्शन सम्पन्न भएको छ । मानव अधिकार संरक्षणका लागि स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालय अत्यावश्यक भएको र अनैतिक प्रधान न्यायाधीश पदमा रहिरहनु आपत्तिजनक भएको हुँदा प्रधान न्यायाधीश जबराले शिघ्र राजिनामा दिनुपर्ने, राजिनामा नदिए बहिर्गमनका लागि महाभियोग लगाउन पनि शान्ति समाजले सम्वद्ध सबै दलहरुलाई आग्रह गरेको छ ।

धर्नामा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रधानन्यायाधीशको कुकर्मले लोकतन्त्रको उपहास गरेको र यस्तो संवेदनशील विषयमा दलहरु मौन रहनु दलहरुको कमजोरी भएको बताए । कार्यक्रममा शान्ति समाजका सल्लाहकार एवं पूर्व सभापति अधिवक्ता होमकान्त चौलागाईले मानव अधिकारको संरक्षणका लागि अन्तिम निकायको रुपमा रहेको सम्मानित सर्वोच्च अदालतको नेतृत्वमा हाल विचलन आएकोले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको शिघ्र बहिर्गमन आवश्यक भएको बताउँदै यसलाई न्यायालय शुद्धिकरणको प्रारम्भका रुपमा लिनुपर्ने बताए ।

समाजका सल्लाहकार एवं पूर्व सभापति उत्तम पुडासैनीले न्यायालयमा भएको राजनीतिक नियुक्ति, न्यायीक विचलन आदीका कारण न्याय क्षेत्र प्रदुषित भएको भन्दै न्यायालय शुद्धिकरणका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बहिर्गमन आवश्यक भएको धारणा व्यक्त गरे ।
धर्ना प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनाल, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु किरण ढकाल, उमा गौतम, काठमाण्डौ शाखा का.वा. सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु बटुकृष्ण ढुंगेल, ईश्वर पुडासैनी, प्रमोद फुयाल लगायतको सहभागिता थियो ।

यसैगरी मानव अधिकार दिवसकै दिन मंसिर २४ गते अनैतिक प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको शिघ्र राजिनामा/बहिर्गमनको माग गर्दै शान्ति समाजका चितवन, दाङ, संखुवासभा, महोत्तरी, रुपन्देही, नवलपुर, तेह्रथुम लगायत शाखाहरुले प्रदर्शन गरेका छन् भने शान्ति समाज जिल्ला शाखाको आयोजनामा थप ५ जिल्लामा मंसिर २४ गते अपरान्ह् प्रदर्शन हुदैँछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi