neapl investment mega bank
  • गृहपृष्ठ
  • एनसीसी बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

एनसीसी बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

Dec 10th, 2021

काठमाडौ, मंसिर २४
एनसीसी बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले २५ औं वाषिर्कोत्सवको उपलक्ष्यमा बिहिबार प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमती प्रदेशको काठमाडौं मुख्य शाखा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदुरपश्चिम प्रदेशकोे धनगढी गरी नौ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गर्ने कार्य सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा विभिन्न रक्तदाताहरुबाट ५७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।

साथै हालसम्म १६८ पटक रक्तदान गर्नुभएका काठमाडौ , बागबजार निवासीश्रप्रेम सागर कर्मचार्यलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले उहाँको योगदानलाई सम्मान गर्दै कदर प्रत्र प्रदान गर्नुभयो । साथै बैंकले २५ औं वाषिर्कोत्सवको अवसरमा एनसीसी सिल्भर सेभिङ्ग खाता, एनसीसी सुगम सिल्भर मुद्घती खाता, एनसीसी सिल्भर रेमिट सेभिङ्गखाता र एनसीसी सिल्भर रेमिट मुद्घती खाता जस्ता आकर्षक निक्षेप खाताहरु संचालनमा ल्याएको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आमनागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीयरुपमा सहभागी हुदै आएको छ ।