neapl investment mega bank
  • गृहपृष्ठ
  • थप २११ जनामा कोरोना सङ्क्रमण,३२९ जना डिस्चार्ज, दुई को मृत्यु

थप २११ जनामा कोरोना सङ्क्रमण,३२९ जना डिस्चार्ज, दुई को मृत्यु

Dec 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, मंसिर २३

बिहीबार थप २११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा नौ हजार ४५१ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ५५४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट नौ हजार ४५१ जनाको परीक्षण भएको छ । हालसम्म ४६ लाख ९६ हजार ३६६ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ३२९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३२९ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या आठ लाख पाँच हजार ९०० पुगेको छ ।

थप दुई को मृत्यु

पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५४९ पुगेको छ।