neapl investment mega bank
  • गृहपृष्ठ
  • सर्वोच्चमा भएको आन्दोलनले न्यायलयमा सुधार गर्दैन: ज्ञवाली

सर्वोच्चमा भएको आन्दोलनले न्यायलयमा सुधार गर्दैन: ज्ञवाली

Dec 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौ २३ मंसिर

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले व्यक्ति केन्द्रीत आन्दोलनले न्यायालय सुधार हुन नसक्ने वताएका छन् । बिहीबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले न्यायालयले एमालेलाई विभिदपूर्ण व्यवहार गरेको तर्क गरे ।

उनले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको वताउँदै एमाले न्ययालयबाट पीडित पार्टी भएको टिप्पण्ी गरे । अदालतभित्रको विवाद न्ययाधीशबीचका दुई गुटको झगडा जस्तो भएको एललेख गर्दै नेकपा एमाले स्वतन्त्र र सक्षम न्यायालयको पक्षमा पक्षमा रहेको दावी गरे ।

ज्ञवालीले न्यायलयमा हुने जुनसुकै विकृति र विसंगतिको विरोधमा एमालेको समर्थन रहने तर्क गरे । तर अहिले भएको आन्दोलन न्यायालय सुधारमा अन्तरनिहित नभएकोले सहमती जनाउन नसकेको वताए ।

एमाले महाधिवेशन पछि आज पहिलोपटक पत्रकार सम्मेलन गरेको थियो । तर अध्यक्ष केपी ओली अस्वस्थ भएका कारण कार्याक्रममा उपस्थित भएनन् ।