neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मानव अधिकार तथा सामाजिक न्यायका लागि योगदान हेतु उमादेवी वादीलाई पुरस्कार प्रदान

मानव अधिकार तथा सामाजिक न्यायका लागि योगदान हेतु उमादेवी वादीलाई पुरस्कार प्रदान

Dec 9th, 2021

काठमाडौ, मंसिर २३
मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ –२०७७ मानव अधिकार र सामाजिक न्यायका लागि उल्लेखनीय योगदान हेतु उमादेवी वादीलाई प्रदान गरिएको छ । ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको पूर्व सन्ध्यामा २०७८ मंसिर २३ गते शान्ति समाजद्वारा काठमाण्डौमा आयोजित कार्यक्रममा रक्षामन्त्री डा. मिनेन्द्र रिजालले वादीलाई एक लाख १० हजार पुरस्कार राशीसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले मानव अधिकार, सामाजिक न्यायका लागि योद्धा उमादेवी वादीले निर्वाह गर्नुभएको विशिष्ट भूमिकाको चर्चा गर्नुभएको थियो । शान्ति समाजका सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुरस्कृत व्यक्तित्व सुदुरपश्चिम प्रदेश सभा सदस्य उमादेवी वादी, प्रदेश १ सांसद एवं पूर्व प्रदेशमन्त्री उषाकला राई, शान्ति समाजका पूर्व सभापतिहरु होमकान्त चौलागाई, डा. गंगाधर अधिकारी, उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी र पूर्व उपसभापति रेनुका पौडेलले पुरस्कार सन्दर्भ र सामाजिक न्यायको आन्दोलनमा शान्ति समाजको भूमिकाबारे प्रकाश पार्नुभएको थियो ।
२०७६ सालमा स्थापित यो पुरस्कार गत वर्ष पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललाई प्रदान गरिएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi