neapl investment mega bank
  • गृहपृष्ठ
  • ट्राफिक प्रहरीले शुरु गर्यो, तत्काल जरिवाना तिरी कागजपत्र लिने व्यबस्था

ट्राफिक प्रहरीले शुरु गर्यो, तत्काल जरिवाना तिरी कागजपत्र लिने व्यबस्था

Dec 9th, 2021

काठमाडौ, मंसिर २३
उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान नै थालेको छ  । ट्राफिक प्रहरीले दिने सेवालाई प्रबिधीमैत्री बनाउदै आम सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने अभियान तर्फ लम्कीरहेको अबस्थामा आज बिहिबार देखी थप सेवा सुचारु गरेको हो ।

सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरे पश्चात ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टें पुर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज एक कार्यक्रमका वीच प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट – इन्स्ट्यान्ट पेमेन्ट सिस्टम” व्यवस्थाको शुरुवात गरेका हुुन ।

सो अवसरमा एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुदै गएको चर्चा गर्दे अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरि थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको आजदेखि शुरू गरेको बताए । पहिलो चरणमा गौशाला, दरवारमार्ग, थापाथली, जावालाखेल र जनसेवागरि पाँच वटा ट्राफिक कार्यालयबाट शुरु गरेको यो सेवालाई क्रमश अन्य कार्यालयमा समेत बिस्तार गर्ने महाशाखाले जनाएको छ ।

मादक पदार्थ सेवन गरि सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामुलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने समेत महाशाखाले जनाएको छ ।