आधारभूमि संवाददाता
काठमाडौं २३ मंसिर
नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनका क्रममा गर्न हुने र गर्न नहुने कार्यका बारेमा आचारसंहिता बनाएको छ । काँग्रेलिे ६ बुँदे आचारसंहिता जारी गर्दै कार्यकर्तालाई महाधिवेशनमा पलना गर्नुपर्ने नियमबारे वताएको हो ।
कांग्रेस निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै आचारसंहिता बारे जानकारी दिएको हो । सो अनुसार उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपील गर्न सकिनेछ । तर, कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्नेगरी प्रचारप्रसार गर्न पाइने छैन ।
कांग्रेसको निर्वाचन कार्यक्रम मंसिर २४ गते बिहान १० बजेदेखि सुरु हुनेछ । यस्तै मतदानको समय २७ गते बिहान ८ बजेदेखि तोकिएको छ ।
महाधिवेशनका सबै तयारी लगभग सकिन लागेको कांग्रेसले जनाएको छ । महाधिवेशन स्थल भृकुटीमण्डपमा महाधिवेशन व्यवस्थापन र प्रचार प्रसार तिव्र पािरएको छ ।
यसैगरी भृकुटीमण्डपस्थित महाधिवेशनस्थल ओरपर ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रचार सामग्री राख्न पाइने छैन । जारी आचारसंहिता अनुसार मतदानस्थलभित्र प्रवेश गर्ने प्रतिनिधिहरूले मोबाइलसमेत लैजान पाउने छैनन् ।
यो आचारसंहिता कतिको पालना हुनेछ त्यो भने हेर्न बाँकी छ ।