neapl investment mega bank
  • गृहपृष्ठ
  • चिसो बढेकाले सतर्क रहन मौसमविद्को चेतावनी

चिसो बढेकाले सतर्क रहन मौसमविद्को चेतावनी

Dec 9th, 2021


आधारभूमि संवाददाता


काठमाडौ २३ मंसिर

देशभर चिसो बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाको विश्लेषण छ । महाशाखाले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

बिहीबार प्रदेश नं १ को भू(भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू भागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार भने देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। शनिबार पनि देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ।