neapl investment mega bank
  • गृहपृष्ठ
  • निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावलीमा नभई कानुनमै संशोधन आवश्यक — मन्त्री झाँक्री

निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावलीमा नभई कानुनमै संशोधन आवश्यक — मन्त्री झाँक्री

Dec 8th, 2021

काठमाडौ, मंसिर २२
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावलीमा नभई कानुनमै संशोधन आवश्यक भएको बताएकीछन । १४ औं निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले बुधवार राजधानीमा ¥याली निकाल्नु अघि गरेको सभामा मन्त्री झाँक्रीले निर्माण व्यवसायी मैत्री कानुन आवश्यक भएको बताएकीहुुन ।

निर्माण उद्योगमा योजना छनौटदेखि कार्यान्वयन चरण सम्म समस्या रहेकाले कानुन संशोधन अपरिहार्य भएको उनले बताईन । सरोकारवाला पक्षहरूको सुझाव सहित सरकार नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारीमा रहेको जानकारी मन्त्री झाँक्रीले दिईन । ‘देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि निर्माण उद्योग सशक्त हुनु जरुरी छ’ मन्त्री झाँक्रीले भनिन । समाज र सिङ्गो मुलुकले निर्माण व्यवसायीलाई इज्जत दिनु जरुरी रहेको भन्दै उहाँले निर्माण व्यवसायीहरूलाई पनि आफ्नो क्षमता अभिवृद्धि गर्न सुझाव दिईन । निर्माण कम्पनीहरूलाई मर्ज गरी पब्लिक कम्पनीमा लैजान आग्रह गर्दे उहाँले निर्माण उद्योगमा क्रियाशील श्रमीकहरूको हक हितलाई प्राथमिकतामा राख्नुपर्ने बताईन ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको विकास विस्तार विना समृद्ध मुलुकको परिकल्पना असम्भव रहेको बताईन । निर्माण उद्योगमा धेरै समस्या रहेको भन्दै उनले वर्तमान सरकारले व्यवसायी मैत्री ऐन नियम ल्याउनेमा महासंघ आशावादी रहेको समेत बताईन । महासंघका महासचिव रोशन दाहाले निर्माण दिवसको अवसरमा देशभरका व्यवसायीहरूलाई शुभकामना दिईन । बाजागाजा, प्लेकार्डको प्रदर्शनी सहित दशरथ रङ्गशालाबाट शुरु भएको ¥याली थापाथली, सिंहदरबार हुँदै महासंघ सचिवालय अनामनगरमा पुगेको थियो । महासंघ सचिवालयमा आयोजित समापन समारोहमा महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष सुकुन्तलाल हिराचन, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे लगायतले निर्माण व्यवसायीहरूलाई शुभकामना दिएका थिए ।

निर्माण दिवसकै अवसरमा महासंघ प्राङ्गणमा आयोजित कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । यसै अवसरमा प्रदेश महासंघ, जिल्ला निर्माण व्यवसायी संघहरूले विविध सामाजिक कार्यक्रम आयोजना गरेका छन् ।