neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरु सरकारका नियमित कार्यक्रममा राखेर सम्पन्न गरिनेछ : अर्थमन्त्री शर्मा

भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरु सरकारका नियमित कार्यक्रममा राखेर सम्पन्न गरिनेछ : अर्थमन्त्री शर्मा

Dec 8th, 2021

काठमाडौं, मंसिर २२
अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरु सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गरिने बताएकाछन ।
यस अन्तरगत निजी आवासहरूको काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको जानकारी दिएका हुुन । राजधानीमा आयोजित नेपालको पुननिर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मलेनलाई बुधवार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले २०७२ सालको भूकम्पले भत्काएका स्वास्थ्य संस्था, विद्यालय, सरकारी र पुरातात्विक संरचनाहरू सकारका नियमित कार्यक्रमहरूमा राखी प्राथमिकताका साथ सम्पन्न गरिने बताए । साथै विपद व्यवस्थापन सम्बन्धी कार्यहरू विपद व्यवस्थापन प्राधिकरणमार्फत् सम्पन्न गर्ने व्यवस्था मिलाएको छ मन्त्री शर्माले जानकारी दिए ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यकाल सम्पन्न हुन गइरहेको सन्दर्भमा आयोजित सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले भूकम्पबाट क्षतिग्रस्त निजी तथा सार्वजनिक संरचना पुनर्निर्माणको अभियानसँगै मुलुकमा भौगर्भिक जोखिम भएका वस्तीहरूको स्थानान्तरणका लागि एकीकृत वस्ती वकिास कार्यक्रम अघि बढाइएको तथा वस्ती सुधार संरक्षण कार्यमा सरकार गम्भीरतापूर्वक अघि बढेको जानकारी दिए ।

भूकम्पबाट क्षतिग्रस्त विद्यालय स्वास्थ्य संस्था तथा सरकारी एवम् सार्वजनिक ऐतिहासिक र पुरातात्विक सम्पदाहरूको पुननिर्माणले मुलुकको विभिन्न ऐतिहासिक मठमन्दिर, धरहरा, रानीपोखरी, दरबार हाइस्कुल जस्ता गौरवपूर्ण सांस्कृतिक सम्पदाको पुननिर्माण भएको उल्लेख गरे । सफल पुननिर्माण कार्यले क्षतिग्रस्त संरचनाको निर्माण मात्र नभई त्यस क्रममा कार्य सम्पादनमा नेपालको निर्णय क्षमता र प्रविधि क्षेत्रको ज्ञानसमेत विकसित भएको उनले बताए ।

साथै राजनैतिक दलहरुको संकल्प, सरकारको जिम्मेवारी र पुननिर्माणमा खटेको जनशक्तिको लगनशिलताको कारणले सफलता हात लागेको उनको भनाइ छ ।उहाँले भूकम्पपछिको प्रतिकूल परिस्थितिमा संविधान निर्माणले पूर्णता पाउनुको साथै भूकम्पपछि भौतिक संरचना पुननिर्माणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरण पनि गठन भएको र यसको कार्यकाल सन्तोषजनक रुपमा सम्पन्न भएको टिप्पणी गरे । दोस्रो संविधानसभाको निर्वाचन पछि संविधान निर्माणका लागि संसदमा बहस गरिरहँदा विनाशकारी भूकम्प आएर नौ हजारले ज्यान गुमाएका थिए भने २२ हजार घाइते भएका थिए । भूकम्पबाट १० लाखभन्दा बढी निजी घर, हजारौँ विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी संरचना र ऐतिहासिक तथा पुरातात्विक संरचनाहरू भत्किएका थिए ।

उक्त संकटको सामना गर्न पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै पार्टीको एकता र संकल्प आवश्यक भएको कुरामा जोड दिँदै साझा प्रतिवद्धताका लागि आव्हान गरेपछि संसदमा संविधान निर्माणको बहस सहमतिमा पुग्नुका साथै पुननिर्माणको कामप्रति साझा प्रतिवद्धता जनाउन दलहरु सफल भएको उहाँले स्मरण गराए । सोही सिलसिलामा अर्थमन्त्री शर्मा पनि भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक सौरपानी गई अस्थायी घरहरू बनाएर फर्किएका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi