neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

फ्रेडको गोलमा युनाईटेडको जित

Dec 6th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,२० मङ्सिर
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा युनाईटेडले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन फ्रेडले विजयि गोल गरे।फ्रेडले दोस्रो हाफको ७७ औं मिनेटमा मेसन ग्रीनवुडको पासमा गोल गरेका हुन्।

युनाईटेडले अन्तरिम प्रशिक्षक राल्फ राङ्गनिकको पहिलो खेलमै जित निकालेको हो ।जितसँगै अन्तरिम प्रशिक्षकका रूपमा राल्फ राङ्गनिकले सम्भवतः उत्कृष्ट सुरुवात गरेका छन् ।

युनाईटेडले १५ खेलबाट २४ अंक जोडेको छ र छैटौं स्थानमा छ।पराजित क्रिस्टल प्यालेसको १५ खेलबाट १६ अंक छ र १३ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi