neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुरको महालक्ष्मी नगरपालिका टीकाथलीमा भएको रक्तदान कार्यक्रममा ६० जना रक्तदाताले रक्तदान गरे

ललितपुरको महालक्ष्मी नगरपालिका टीकाथलीमा भएको रक्तदान कार्यक्रममा ६० जना रक्तदाताले रक्तदान गरे

Dec 5th, 2021

ललितपुर, मंसिर १९

शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका टीकाथलिमा भएको रक्तदान कार्यक्रममा २० जना महिला रक्तादाता सहित ६० जना रक्तदाताले रक्तदान गरेका छन ।

ब्लोदान जिल्ला साखा ललितपुर , प्रसुती गृह थापाथली र अन्य सस्थाको सहकार्यमा अयोजना गरिएको रक्तदान कार्यक्रममा महिला रक्तदाताको उल्लेख्य सहभागिता रहेको जानकारी ब्लोदान ललितपुरका सदस्य तुलसा श्रेष्ठले जानकारी दिनुभयो ।

रक्तदान जिबनदान नाराका साथ रगत अभाव हुन नदिने उदेश्यले विभिन्न स्थान मा रक्तदान कार्यक्रम भैरहेको र उत्साहजनक उपस्थिती रहेको जानकारी दिदै बिभन्न अस्पताल जहाँ ब्लड बैंकको सुबिधा अपरिहार्य छ त्यस्ता अस्पतालले ब्लड बैंकको पहल गर्नुहुन प्रसुती गृहका प्रतिनिधि पर्सुराम दाहाल ले सुझाब दिनुहुदै हरेक स्थानमा रक्तदान कार्यक्रम गर्न अनुरोध गर्नुभएको छ ।