neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जाडो बढ्यो, यस्तो खानेकुराले जोगाउँछ चिसोबाट

जाडो बढ्यो, यस्तो खानेकुराले जोगाउँछ चिसोबाट

Dec 5th, 2021


आधारभूमि संवाददाता

काठमाडौं १९ मंसिर

दिनदिनै जाडो बढिहेको छ । यस मौसममा चिसोवाट जोगिन शरीरको तापक्रम बढाउने खाना खानु राम्रो हुन्छ । तपाइँ जाडो मौसममा के खाँदै हुनुहुन्छ रु यदी अन्य समयको बेलाजस्तै खाइरहनुभएको छ भर्ने त्यस्तो खानामा परिवर्तन गर्नुपर्छ ।

जाडो याममा यी खानेकुरा खानुस् जसले प्रतिरोधात्मक क्षमतामा पनि सुधार हुन्छ र चिसोबाट बच्च सकिन्छ । यदि हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले राम्रोसँग काम गर्दछ र रोग लाग्न पनि दिदैन ।

वजन घटाउनको लागि अनुहारको चमकदेखि शरीरका टक्सिन फाल्नको लागिसम्म मह र तातोपानी खानुपर्छ । महमा मिनरल, भिटामिन, फ्लेभोनोइड्स र एन्जाइम भरपुर पाइन्छ ।

बदाममा म्यांगनिज, भिटामिन ई, प्रोटिन, ओमेगा ३ र ओमेगा ६ फ्याटी एसिडलगायत शरीरलाई अत्यावश्यक तत्व पाइन्छ । यसको बोक्रामा टयानिन हुन्छ जसले शरीरको पोषक तत्वलाई कायम राख्न सहयोग गर्नुका साथै शरीरलाई पनि तातो राख्न पोषण दिन्छ ।

ओटमिल एकदमै राम्रो ब्रेकफास्ट हो । एकदमै कम क्यालोरी र पोषणले भरपुर यसको नियमित प्रयोगले तपाईँको शक्ति दिन्छ । यसले शरीरबाट विषाक्त तत्व बाहिर निकालेर आन्द्रालाई समेत स्वस्थ्य राख्छ ।

आन्द्रालाई स्वास्थ्य राख्नुका साथै मेवाले पेटमा भएको अनेकौँ समस्यालाई हटाउँछ । खाली पेटमा मेवा खानु उत्तम हुन्छ । यसले कोलेस्ट्रोल घटाउनुका साथै तौल पनि घटाउँछ ।

साथै ल्वाङ, सुकुमेल, दालचिनी, एक टुक्रा अदुवा एक टुक्रा लसुन, एक चिम्टी बेसार राखेको पानी तातो बनाएर पिउने । बेला–बेलामा ग्रिन टिको सेवन गर्ने, पानी प्रशस्त पिउनुपर्छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi