neapl investment mega bank
  • गृहपृष्ठ
  • एभरेष्ट बैंक र आइएसओएनबीच सम्झौता, विदेशमा गरिने उपचारमा छुट लिन सकिने

एभरेष्ट बैंक र आइएसओएनबीच सम्झौता, विदेशमा गरिने उपचारमा छुट लिन सकिने

Dec 5th, 2021

काठमाडौ, मंसिर १९
एभरेष्ट बैंक लिमिटेडका ग्राहकलाई विशेष छुट दिने विषयमा आइएसओएन हेल्थ केयरसँग सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको खाता भएका ग्राहक र कार्ड होल्डरहरुले आइएसओएन हेल्थ केयरमार्फत भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, टर्की सहित अन्य देशमा लिने स्वास्थ्य सेवामा सात प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइ एस ओ एनका अध्यक्ष विवेक गुप्ताबिच हस्ताक्षर भएको छ । कार्यक्रममा आइ एस ओ एनका अध्यक्ष गुप्ताले यस सम्झौताबाट बैंकका ग्राहकहरु आइ एस ओ एनका माध्यमबाट विभिन्न देशमा लिने स्वास्थ्य सेवामा विशेष छुट लिएर लाभान्वित हुन सक्ने बताएका छन् । उनले आइ एस ओ एनको विश्वका एक हजारभन्दा बढी अस्पताल र २५ सयभन्दा बढी डाक्टरहरुसँग सहकार्य रहेको बताएका थिए ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करीब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय , १३८ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।