neapl investment mega bank
  • गृहपृष्ठ
  • म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

Dec 5th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,१९ मङ्सिर
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।शनिबार राति भएको खेलमा सिटीले वाटफोर्डलाई ३-१ गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

म्यानचेस्टर सिटीलाई जित दिलाउन बर्नार्डो सिल्भाले दुई गोल गरे भने रहिम स्टर्लिंगले एक गोल गरे ।वाटफोर्डका कुचो हर्नान्डेजले एक गोल गरे ।

खेलको चौंथो मिनेटमा रहिम स्टर्लिंगले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३१ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

दोस्रो हाफको ६३ औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

खेलको ७४ औं मिनेटमा वाटफोर्डका कुचो हर्नान्डेजले एक गोल फर्काएका थिए ।

जितसंगै सिटीले १५ खेलबाट ३५ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ। पराजित वाटफोर्डको १५ खेलबाट १३ अंक छ र तालिकाको १७ औं स्थानमा छ ।