आधारभूमि संवाददाता
काठमाडौ १७ मंसिर
नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो पुसमा गर्ने भएको छ। पुसको ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने प्रवक्ता कृष्णबहादुर महराले जनाएका छन् ।
अहिलेसम्म पार्टी सदस्य संख्या सात लाख छ हजार कटेका छन्। सम्मेलन पछि माओवादी केन्द्रले पार्टी सदस्य संख्या ८ लाख पुर्याउने वताइएको छ ।
माओवादीले वडा अधिवेशन सम्पन्न गरिसकेको । अव एकरदुई दिनभित्रमा बाँकी रहेका पालिका अधिवेशनसमेत गरिसकिने माओवादीले जनाएको छ ।