neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रिमियर लिग फुटबलमा टोटेनहमको सहज जित

प्रिमियर लिग फुटबलमा टोटेनहमको सहज जित

Dec 3rd, 2021

आधारभूमि संवाददाता
काठमाडौं,मंसर १७
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले सहज जित निकालेको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले ब्रेन्टफोर्डलाई २-० गोलले पराजित गरेको हो ।

टोटनह्यामलाई जित दिलाउन सन ह्युङ मिनले एक गोल गरे ।टोटनह्यामले एक गोल आत्मघाती उपहार पाएको हो ।

खेलको १२ औँ मिनेटमा ब्रेन्टफोर्डका सर्गी कानोसले आत्मघाती गोल गरेपछि टोटनह्यामले अग्रता लिएको थियो ।

त्यसपछि दोस्रो हाफको ६५ औँ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै टोटनह्यामले १३ खेलबाट २२ अंक जोडेको छ र छैटौं स्थानमा छ । पराजित ब्रेन्टफोर्डको १४ खेलबाट १६ अंक छ र १२ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi