neapl investment mega bank
  • गृहपृष्ठ
  • रकम अभावमा बिजनेशका नयाँ आइडिया मर्दै, कर्मचारीतन्त्र दुई वर्षमा कार्यविधी बनाउन सक्दैन

रकम अभावमा बिजनेशका नयाँ आइडिया मर्दै, कर्मचारीतन्त्र दुई वर्षमा कार्यविधी बनाउन सक्दैन

Dec 3rd, 2021

आधारभूमि संवाददाता
काठमाडौं,मंसर १७

केहि वर्षयता देखि सरकारले निरन्तर रुपमा स्टार्ट अप बिजनेश गर्नेहरुलाई रकम उपलब्ध गराउने घोषणा गर्छ । तर, त्यसको कार्यान्वयन नभई त्यसको रकम फ्रिज भएर जाने गरेको छ।

कर्मचारीहरुले यसका लागि आवश्यक कार्यविधी नबनाउँदा स्टार्ट अपलाई सहयोग गर्ने गरि आएको बजेटहरु नै कार्यानवयनम आउन सकेको छैन ।

यसअघि गत वर्ष कोरोनाका कारण उत्पन्न व्यवसायीक अवसरको उपयोग गर्दै नयाँ उद्यम गर्न चाहनेलाई सरकारले दुई प्रतिशतमा ब्याज दिने घोषणा गरेको थियो । जुन कार्यविधी निर्माण नहुदा अघि बढ्न सकेन । यो वर्षपनि व्यवस्था गरियो । तर कार्यान्वयन हुने छाटकाट छैन ।

सरकारको यस्तो ढिलासुस्तीले नयाँ व्यसाय गर्न चाहनेहरुलाई अहिले निराश बनाएको छ ।

स्टार्ट अप भनेको योजना तयार हुने बित्तिकै लगानी गर्नुपर्छ । यसका लागि कुनै प्रक्रिया अघि नबढाउँदा यस्तो नयाँ व्यसाय गर्न चाहनेहरु निराश भएको देखिन्छ ।

दुई वर्ष अघि गत वर्षको बजेटमा नवप्रवर्तनकारी उद्यम अर्थात स्टार्ट अप बिजनेशका लागि अनुदान दिने भनिएको थियो । सोहि अनुुसार नै योजना आयोगले आवेदन पनि माग गर्याे । तर रकम बिनियोजन नहँुँदै मात्रै होइन, कार्यविधीले नै पुर्णता नपाउँदै गत वर्षको बजेटमा यस्तो रकम ऋणमा दुई प्रतिशतमा उपलब्ध गराउने घोषणा गरियो । यसअघिका सबै अनुदान पाउने आशमा परेका यस्ता निवेदन अब सबै खारेज भएको र ऋणका लागि फेरी पुन आवेदन गर्न पर्ने भएको थियो । तर यसका लागि सरकारी निकायले कुनै काम अघि बढाएका छैनन् । जसका कारण स्टार्ट अपका बिजनेशका नयाँ आइडियाहरु मरिरहेका छन् ।