neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात हुने, सतर्क रहन मौसमविद्को चेतावनी

उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात हुने, सतर्क रहन मौसमविद्को चेतावनी

Dec 3rd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, मंसिर १७


नेपालमा हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र को प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमति प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

महाशाखाको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ ।

२०७८ मंसिर १७ गते शुक्रबार

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ।

त्यस्तै राती कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।

आज देशको उच्च पहाडी र हिमाली भूभागको केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

२०७८ मंसिर १८ गते शनिबार

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भू(भागका एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राती प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भूभागका एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ मसिर १९ गते आईतबार

दिउँसो सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी महाशाखाले आज सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशका उच्च पहाडी र हिमाली भू भागका धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको जनाएको छ ।

२४ घण्टामा देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई र यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi