neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ३१५ जनामा कोरोना सङ्क्रमण,२०१ जना डिस्चार्ज, छ को मृत्यु

थप ३१५ जनामा कोरोना सङ्क्रमण,२०१ जना डिस्चार्ज, छ को मृत्यु

Dec 2nd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, मंसिर १६

बिहीबार थप ३१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ११ हजार ४०३ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख २१ हजार ९४९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ४०३ जनाको परीक्षण भएको छ । हालसम्म ४६ लाख ४२ हजार ९९० जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २०१ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २०१ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या आठ लाख ३ हजार ३६९ पुगेको छ ।

थप छ को मृत्यु

पछिल्लो २४ घण्टामा छ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३५ पुगेको छ।