neapl investment mega bank
  • गृहपृष्ठ
  • एनएमबी बैंकले पायो बैंक अफ दि एशिया २०२१

एनएमबी बैंकले पायो बैंक अफ दि एशिया २०२१

Dec 1st, 2021

काठमाडौ, मंसिर १५
एनएमबी बैंकले ’बैंक अफ दी एसिया २०२१’ अवार्ड प्राप्त गरेको छ । बैकका अनुसार नेपालबाट उक्त अवार्ड प्राप्त गर्ने एनएमबी बैंक पहिलो बैंक हो । ’द फाइनान्सियल टाइमस’को ’ द बैंकर म्याकेजिन’ले हरेक वर्ष प्रदा गर्ने यो अवार्डमा यो वर्षको एसियाकै उत्कृष्ट बैंकको रूपमा एनएमबी बैंकले यो अवार्ड प्राप्त गरेको हो, बैकले भनेको छ ।

यसअघि नेपालको उत्कृष्ट बैंक बन्दै तीनपटक बैंकर ’अफ दी एयर अवार्ड’ प्राप्त गरेको बैंकले यसपटक ’बैंक अफ दी एसिया’ अवार्ड प्राप्त गरेको हो ।

एनएबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार एसियाका ४८ मुलुकको सर्वाेत्कृष्ट बैंक बन्नु सबैको जित हो । “बैंक मात्र हैन नेपाल र नेपाल राष्ट्र बैंकको जित हो,“ प्रमुख कार्यकारी केसीले भने ।