neapl investment mega bank
  • गृहपृष्ठ
  • बुधबार थप ३१६ जनामा कोरोना सङ्क्रमण, २५९ जना डिस्चार्ज,तीन को मृत्यु

बुधबार थप ३१६ जनामा कोरोना सङ्क्रमण, २५९ जना डिस्चार्ज,तीन को मृत्यु

Dec 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौ, मङ्सिर १५

बुधबार थप ३१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १२ हजार ७२७ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख २१ हजार ६५१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ७२७ जनाको परीक्षण भएको छ । हालसम्म ४६ लाख ३३ हजार ४७९ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २५९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २५९ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या आठ लाख तीन हजार १६८ पुगेको छ ।

थप तीन को मृत्यु

पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५२९ पुगेको छ।